images
images

कोशी सरकारविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने 


  • 517
    SHARES
  • २०८० भाद्र १७ गते आइतबार

    कोशी सरकारविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने 

    काठमाडौं । कोशी प्रदेश सरकारविरुद्धको मुद्दा पुर्ण इजलासमा सुनुवाइ हुने भएको छ । आज न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त एजलासले मुद्दा जटिल कानुनी समावेश भएको भन्दै त्यसको निराकरण पुर्ण इजलासबाट हुन उपयुक्त हुने आदेश दिएको हो । 

    मुद्दाको अर्को पेशी यही भदौ १८ गते (सोमबार) लाई तोकिएको छ । तर, न्यायाधीश खतिवडाले रिटको पहिलो सुनुवाइमै आफूले अन्तरिम आदेश दिएकाले हेर्न नमिल्ले बताएपछि यो रिटको पेशी आईतबारलाई तोकिएको थियो।

    प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्री थापालाई विश्वासको मत दिएको र उक्त कार्य संविधान विपरीत रहेको दाबी गर्दै पुर्व मुख्यमन्त्री तथा नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

    सो रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले ७ भदौमा कोशी सरकारलाई दीर्घकालीन असर पार्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो ।

    koshi-order.jpg

     

     


    images
    images

    Logo