काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन २ हजार ६ सय ३२ जना सवारी चालक कारवाहीमा परेका छन् । टाफिक नियम उल्लङ्घन गरेको कारणले उनीहरुलाई शनिबार उपत्यकाको विभिन्न स्थानबाट कारवाही गरिएको काठामाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १ सय २२ जना, लेन अनुशासन १ सय २८ जना र रेड लाइट १ सय ३२ जना, नम्बर प्लेट राम्रोसँग नराख्ने १२जना, हर्न १० जना, लिडारगन ५ सय ८२ जना चालक रहेका छन् । यस्तै १ हजार ६ सय ४८ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।