काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । आइतबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँमा कायम भएको छ ।
शुक्रबार प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मुल्य प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।