images
images

काठमाडौं आउँदै गरेको स्कारपियो दुर्घटना : २ जनाको मृत्यु, ४ घाइते


  • 501
    SHARES
  • २०८० भाद्र १७ गते आइतबार

    काठमाडौं आउँदै गरेको स्कारपियो दुर्घटना : २ जनाको मृत्यु, ४ घाइते

    काठमाडौं ।  दोलखाबाट काठमाडौं आउँदै गरेको बा१५च ९३७० नम्बरको स्कारपिया लामोसाँघु–जिरी सडकखण्डको सुनकोसी गाउँपालिका पाँचकिलो नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

    मृत्यु हुनेमा चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोक बाह्रबिसेका बलबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । 
     
    सडकबाट करिब तीन सय मिटर तल सडकमा गाडी खसेपछि राति स्थानीयले उद्धार गरेका थिए । दुर्घटनाका घाइतेलाई  उपचारका लागि धुलिखेल पठाइएको प्रहरी जनाएको छ ।


    images
    images

    Logo