काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० ले महानगरको गाडी रोके सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका छन् । मेयर बालेनले शनिबार सामाजिक सञ्जाल मार्फत एक स्ट्याटस लेख्दै सरकारप्रति आक्रोश व्यक्त गरेका छन् ।
उनले भनेका छन्, ‘आजको लागी केहि भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरबारमा आगो लगाइदिन्छु,’ मेयर शाहले लेखेका छन्, ‘याद राख चोर सरकार।’