काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा शुजन ओली निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा ओली ९९ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी शिरोमणी ढुङ्गानाले ९६ मत प्राप्त गरे ।
त्यस्तै, उपाध्यक्षमा विनय बञ्जारा निर्वाचित भएका छन् । उनले १३५ मत ल्याए । अर्का प्रत्यासी भागवत भट्टराईले ११५ मत प्राप्त गरे। सेजनको महासचिवमा विश्वास रेग्मी निर्विरोध निर्वाचित भैसकेका छन् ।
सचिवमा भने सोभित थपलिया निर्वाचित भएका छन् । थपलियाले १०६ मत पाएका छन भने प्रत्यासी मुना कुँवरले ७९ मत पाइन् भने अर्की उम्मेदवार रञ्जु काफ्लेले ६४ मत प्राप्त गरिन् ।
त्यस्तै, कोषाध्यक्षमा अच्युत पुरी निर्वाचित भएका छन् । उनले १६० मत पाएका छन् भने प्रत्यासी कमला अर्यालले ८५ मत ल्याएकी छिन् ।
सेजन सदस्यहरूमा केशु लामिछाने १८८ मत, हेमन्त जोशी १७९, ममता थापा १५६, छवि सापकोटा १२८, वसन्तराज उप्रेती १४५ मत सहित निर्वाचित भएका छन् । सेजनको निर्वाचनमा २५२ मत खसेको थियो ।



