काठमाडौँ । धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले अर्थमन्त्रालय समक्ष स्पष्टीकरण बुझाएका छन् । उनले सर्वोत्तम सिमेन्टको शेयर खरिदमा आफुले कुनै गल्ती नगरेको दाबी गरेका हुन् ।
उनले आफ्नी छोरीको नाममा सर्वोत्तम सिमेन्टको शेयर भएको र छोरीले बिबाहसमेत गरिसकेकोले यसलाई एकाघर मान्न नमिल्ने तर्क पत्रमा गरेका छन् ।
यसैबीच स्पष्टीकरण पत्र मन्त्रालय पठाउनु अघि ढुङ्गानाले आफ्नो निलम्बन माग गर्ने कर्मचारीलाई पत्रको पढेर सुनाएका थिए । आइतबार मात्रै नेपाल धितोपत्र बोर्डको कर्मचारी यूनियनले ढुङ्गानाले पदमा बस्ने नैतिक हैसियत गुमाइसकेको भन्दै उनलाई निलम्बन गर्न माग गरेका थिए ।