काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन ३ हजार १ सय ८७ जना सवारी चालक कारवाहीमा परेका छन् । टाफिक नियम उल्लङ्घन गरेको कारणले उनीहरुलाई शुक्रबार उपत्यकाको विभिन्न स्थानबाट कारवाही गरिएको काठामाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १ सय २२ जना, लेन अनुशासन १५ र नम्बर प्लेट राम्रोसँग नराख्ने १४ जना, लिडारगन ४ सय ८० जना चालक रहेका छन् । यस्तै २ हजार २ सय ४१ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।