images
images

नेपाल प्रहरीका १२० जना डीएसपीको सरुवा, को कहाँ पुगे ?


  • 586
    SHARES
  • २०८० भाद्र १६ गते शनिबार

    नेपाल प्रहरीका १२० जना डीएसपीको सरुवा, को कहाँ पुगे ?

    काठमाडौं ।  नेपाल प्रहरी प्रधान कार्यालयले आज १२० जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालय मानवास्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले १ सय २० जना डीएसपीको सरुवा गरेको हो ।  केही जिल्ला प्रहरी कार्यालय र उपत्यका स्थित प्रहरी वृत्तका इन्चार्ज फेरिएका छन् । 

    प्रहरी वृत्त महाराजगञ्जमा अमरबहादुर थापा क्षेत्रीलाई सरुवा गरिएको छ । उनी प्रहरी प्रधान कार्यालय स्थित मानवश्रोत विकास विभागमा कार्यरत थिए । प्रहरी वृत्त गौशालामा केशव कुमार थेवे, दरबारमार्गमा गोविन्द थापा, सोह्रखुट्टेमा चतुर्भुज ओझा, जगातीमा दिप्ती कार्की र स्वयम्भूमा पूर्णिमा चन्दलाई सरुवा गरिएको छ ।  प्रहरी वृत्त बौद्धमा राजु पाण्डे र नयाँ बानेश्वरमा शिवराज बुढाथोकीलाई ल्याइएको छ । 

    जिल्ला प्रहरी कार्यालय कालिकोटामा अर्जुन केसी, प्यूठानमा ईश्वर थापा, बाजुरामा कवीन्द्र सिंह बोहरा, पर्वतमा खुमलाला भुसाल र सङ्खुवासभामा घनश्याम श्रेष्ठ सरुवा भएका छन् । ईलाका प्रहरी कार्यालय इटहरीमा टेक बहादुर कार्कीलाई पठाइएको छ । जिल्ला प्रहरी कार्यालय  खोटाङमा पुरुषोत्तम खड्का, बझाङमा भरत बहादुर शाह, मुस्ताङमा भोजराज पाण्डेय, लमजुङमा मीन बहादुर घलेलाई सरुवा गरिएको छ ।  भोजपुरमा सुदीप राज पाठक र पाँचथरमा हेमन्त भण्डारी क्षेत्री गएका छन् ।

    प्रहरीका डीएसपीहरू को कहाँ पुगे ?


    images
    images

    Logo