images
images

अपोइन्टमेन्ट पाएको समयमा मात्रै लाइनमा बस्न राहदानी विभाग आग्रह 


  • 760
    SHARES
  • २०८० भाद्र १५ गते शुक्रबार

    अपोइन्टमेन्ट पाएको समयमा मात्रै लाइनमा बस्न राहदानी विभाग आग्रह 

    काठमाडौं । राहदानी विभागले राहदानी सेवाका लागि आउने सेवाग्राहीलाई तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन आग्रह गरेको छ । विद्युतीय फारम भर्दा प्राप्त हुने ‘अपोइन्टमेन्ट’को मिति र समयबाहेकको अवधिमा सेवग्राही विभागमा पुगेर लाइन बस्दा विभागमा भीडभाड बढेको छ ।

    विभागले विद्युतीय राहदानी सेवालाई सहज र सेवाग्राहीमैत्री बनाउन भन्दै हरेक दिन बिहान १० बजेदेखि प्रत्येक आधा घण्टाको अन्तरमा १५० देखि २०० सम्म सेवाग्राहीलाई विद्युतीय राहदानी आवेदनका लागि ‘अपोइन्टमेन्ट’ उपलब्ध गराउने व्यवस्था गरिएको जनाएको छ ।

    तथापि तोकिएको दिनको विभिन्न समयमा अपोइन्टमेन्ट पाएका अधिकांश सेवाग्राही एकैपटक बिहान सबैरै विभाग आएर लाइने लाग्ने गरेकोले विहानको समयमा विभागमा सेवाग्राहीको बढी भीडभाड हुने गरेको सूचनामा उल्लेख छ ।

    विभागले जारी गरेको सुचनामा भनिएको छ, ‘विभागमा भीडभाडरहित सेवाप्रवाहका लागि आफ्नो आवेदन फारममा तोकिएको मिति र समयमा मात्र विभागमा आइदिनुहुन सबै सेवाग्राहीलाई हार्दिक अनुरोध छ’ । 

    1693566144lst.jpg


    images
    images

    Logo