images
images

वायु सेवा कम्पनीहरुका लागि प्राधिकरणले गर्यो नयाँ नियम, यस्ता व्यक्तिहरुलाई बोल्न कडाई


  • 496
    SHARES
  • २०८० भाद्र १५ गते शुक्रबार

    वायु सेवा कम्पनीहरुका लागि प्राधिकरणले गर्यो नयाँ नियम, यस्ता व्यक्तिहरुलाई बोल्न कडाई

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले वायुसेवा सञ्चालन कार्यविधि संशोधन गरेको छ । प्राधिकरणले कार्यविधि १०औँ पटक संशोधन गर्दै अध्यक्ष, शेयर लगानीकर्ता तथा कार्यकारी निर्देशकलाई प्राधिकरण तथा सरकारको नीति विपरित बोल्न रोक लगाएको हो ।

    प्रधिकरणले कम्पनीका अध्यक्ष, शेयर लगानीकर्ता, कार्यकारी निर्देशक, एकाण्टेवल म्यानेजर तथा पद बाहक कर्मचारीहरुले प्राधिकरणको नीति विपरितका धारणा सार्वजनिक गर्न नपाउने भन्दै कडाई गरेको छ ।

    त्यस्तै नयाँ नियम अनुसार वायु सेवा कम्पनीहरुले आगामी ५ वर्षभित्र जहाजको संख्या ५ पुर्याउनुपर्नेछ । त्यस्तै, वायुसेवा सञ्चालन गर्न इच्छुक नयाँ कम्पनीसँग ३ वटा जहाज हुनैपर्ने पनि क्यानले जनाएको छ ।

    पाइलटले उडान बाहेक अन्य व्यवसायिक गतिविधिमा संलग्न हुन नपाइने भएको छ । त्यस्तै, क्यानको स्वीकृति बिना कुनै पनि एयरलाइन्स कम्पनीले एकाण्टेवल म्यानेजर तथा ‘पोष्ट होल्डर’ नियुक्त गर्न नपाउने पनि उल्लेख गरिएको छ । 

     


    images
    images

    Logo