images
images

जडिबुटी पकेट क्षेत्र बन्दै दाङका पहाडी क्षेत्र


  • 466
    SHARES
  • २०७८ श्रावण १७ गते आइतबार

    जडिबुटी पकेट क्षेत्र बन्दै दाङका पहाडी क्षेत्र

    दाङ । दाङका दुई स्थानीय तहका सात वडालाई जडिबुटीको पकेट क्षेत्रका रुपमा विकास गर्न थाालिएको छ । डिभिजन वन कार्यालय घोराहीले घोराही उपमहानगरपालिकाका वडा नं १८ र १९ तथा बङ्गलाचुली गाउँपालिकाका वडा नम्बर १ देखि ५ सम्मलाई जडिबुटी पकेट क्षेत्रका रुपमा विकास गर्न लागेको हो । 

    स्थानीयवासीको वैकल्पिक आम्दानीको स्रोत बनाउने, खेर गइरहेको जमिनको सदुपयोग गर्ने तथा मानव र वन्यजन्तुबीचको द्धन्द्धलाई घटाएर व्यावसायिकरुपमा जडिबुटी खेतीलाई प्रबद्र्धन गर्ने उदेश्यले जडिबुटी पकेट क्षेत्र घोषणा गरी काम थालिएको डिभिजन वन कार्यालयले जनाएको छ । 

    सात वडामा यस वर्ष सहकारीमार्फत ७१ हजार बढी जडिबुटीका बिरुवा रोपण गरिएको छ । वन कार्यालयले सर्वोेत्तम बहुउदेश्यि सहकारी संस्था घोराहीसँगको समन्वयमा टिमुर, दालचिनी र मालागेडीका ७१ हजार ३० बिरुवा रोपण गरेको छ ।

    विसं २०७५ मा पकेट क्षेत्र घोषणा गरी जडिबुटीको व्यावसायिक खेती गर्ने अभियान थालिएको हो । सहकारीमार्फत यस वर्ष पकेट क्षेत्रमा गरिएको जडिबुटी खेती विस्तार कार्यक्रमका विषयमा छलफलसमेत गरिएको छ ।

    यस वर्ष ७१ हजार ३० र गत वर्ष ७५ हजार बढी जडिबुटीका बिरुवा रोपिएको वन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए । दुई वर्षको अवधिमा करिब सात सय किसान जडिबुटी खेतीमा आबद्ध भएका उनको भनाइ छ ।

    वैकल्पिक आम्दानीको स्रोत बनाउने, खेर गइरहेको जमिनको सदुपयोग गर्ने तथा मानव र वन्यजन्तुबीचको द्धन्द्धलाई घटाइ व्यवसायिकरुपमा जडिबुटी खेतीलाई प्रबद्र्धन गर्ने उदेश्य रहेको उहाँले जानकारी दिए ।

    जडिबुटीका बिरूवा रोप्ने किसानलाई प्रोत्साहन रकम वितरण गर्न शुरू गरिएको छ । विशेषगरी जिल्लाका पहाडी भेगमा जडीबुटीका बिरूवा रोपेका किसानलाई प्रोत्साहनवापतको रकम वितरण गर्न शुरू गरिएको हो । डिभिजन वन कार्यालयको सहयोग र सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा बंगलाचुलीका करिव छ सय बढी किसानलाई प्रोत्साहन रकम वितरण गर्न शुरू गरिएको हो । 


    images
    images

    Logo