images
images

सेजनको अध्यक्षमा त्रिपक्षीय भिडन्त, यी हुन् १८ उम्मेदवार


  • 263
    SHARES
  • २०८० भाद्र १५ गते शुक्रबार

    सेजनको अध्यक्षमा त्रिपक्षीय भिडन्त, यी हुन् १८ उम्मेदवार

    काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा त्रिपक्षीय भिडन्त हुने निश्चित भएको छ । शुक्रबार भएको उम्मेदवारी मनोनयनका क्रममा अध्यक्ष पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका हुन् । यसरी उम्मेदवारी दर्ता गराउनेहरुमा वर्तमान उपाध्यक्ष सुजन ओली, शिरोमणि ढुंगाना र सरु ढकाल रहेका छन् । 

    उपाध्यक्ष पदका लागि सेतोपाटी डट कमका भागवत भट्टराई र ग्यालेक्सी फोरके टेलिभिजनका विनय बञ्जरा प्रतिस्पर्धामा उत्रेका छन् । 

    महासचिव पदमा गोरखापत्रकर्मी विश्वास रेग्मी निर्विरोध निर्वाचित भएका छन् । 

    सेजनको सचिव पदमा पनि त्रिपक्षिय भिडन्त हुने निश्चित भएको छ । यो पदका लागि क्लिकमान्डु डटकमका सोभित थपलिया, नयाँ पत्रिका दैनिकका मुना कुँवर र दि राइजिङ नेपालका रञ्जु काफ्लेले उम्मेद्वारी दर्ता गराएका छन् ।

    यस्तै कोषाध्यक्ष पदमा अनलाइनखबरमा कार्यरत अच्युत पूरी र नेपाल टेलिभिजनमा कार्यरत कमला अर्यालले मनोनयन दर्ता गराएको सेजनले जानकारी दिएको छ ।

    सदस्य ५ पदका लागि राष्ट्रिय समाचार समितिमा कार्यरत हेमन्त जोशी, बिजमाण्डु डटकममा कार्यरत बसन्तराज उप्रेती, उकालो डटकममा कार्यरत केशु लामिछाने, अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत ममता थापा, कारोबार दैनिकमा कार्यरत कौशिला कुँवर, नयाँ पत्रिका दैनिकमा कार्यरत पवन तिमिल्सिना र एनएन टिभीमा कार्यरत छविलाल सापकोटाले मनोनयन दर्ता गराएका छन् ।

    सदस्य बाहेक सबै पदमा एक एक जना चुनिने छन् । कार्यसमिति सदस्यमा भने ५ जना चुनिने व्यवस्था छ । यसरी हालसम्म सेजनको कार्यसमितिमा १० पदका लागि १८ जनाको उम्मेदवारी दर्ता भएकोमा महासचिव पदमा एकल उम्मेदवारी परेको छ ।

    यसका लागि भोली शनिबार दिउँसो १२ बजेदेखि ४ बजेसम्म चुनाव हुने तालिका तय गरिएको छ ।


    images
    images

    Logo