images
images

नौ सय साना उद्योग दर्ता, २ सय ५९ खारेज


  • 534
    SHARES
  • २०८० भाद्र १५ गते शुक्रबार

    नौ सय साना उद्योग दर्ता, २ सय ५९ खारेज

    काठमाडौं ।  घरेलु तथा साना उद्योग कार्यालयले आर्थिक वर्ष २०७९/८० मा ८ सय ९९ घरेलु तथा साना उद्योग दर्ता गरेको छ यसैगरी २ सय ५९ वटा साना उद्योग खारेज गरेको छ । 

    ८ सय ९९ घरेलु तथा साना उद्योग दर्ता र ८ सय ६ वटा उद्योग नवीकरण गर्दा कूल १ करोड ३४ लाख ३५ हजार ७ सय ३० रुपैयाँ राजस्व सङ्कलन भएको  कार्यालय प्रमुख धर्मेन्द्रलाल कर्णले बताए । 

    गत आर्थिक वर्ष  साना घरेलु उद्योग ९८, वाणिज्यतर्फ (पसल) १ सय ६१ समेत गरी २ सय ५९ वटा साना उद्योग खारेज गरिएको थियो । चालु आर्थिक वर्ष दर्ता गरिएका उद्योगमा उत्पादनमूलक एक सय ३८ कृषि तथा वाणिज्य ४ सय ७१, सेवामूलक २ सय ८२, पर्यटन ४२, अन्य चारसमेत गरी  जम्मा ८ सय ९९ उद्योग दर्ता भएका छन् । ती  उद्योगमा चार हजार चार सय ४४ जनाले रोजगार पाएको बताइएको छ ।

    हालसम्म दर्ता रहेका ८ सय ६६ वटा र नवीकरण भएका १ हजार ५८ वटा उद्योगसहित कूल एक हजार नौ सय ३४ वटा उद्योग सञ्चालनमा रहेको छ । आर्थिक बर्ष२०७८÷७९ मा महिला ८ सय १० र पुरुष नौ सय ५६ उद्यमी रहेको उद्योगमा महिला ३ हजार १ सय ६८ पुरुष ७ हजार ९ सय ४६ समेत गरी ११ हजार एक सय १४ जनाले रोजगार पाएका थिए । 

    उक्त कार्यालयले गत आबमा ब्यूटिपार्लर, सिलाइकटाई, हाउस वायरिङ, कम्प्युटर, गलैँचा, हाते कटाइबुनाई, अगरबत्ती, बाँसको मुढा बनाउनेजस्ता सीपमूलक तालिम सञ्चालन गरेको थियो ।


    images
    images

    Logo