images
images

‘एन्टिबायोटिक’ औषधीमा अनिवार्य रुपमा रातो धर्को राख्नुपर्ने 


  • 494
    SHARES
  • २०८० भाद्र १५ गते शुक्रबार

    ‘एन्टिबायोटिक’ औषधीमा अनिवार्य रुपमा रातो धर्को राख्नुपर्ने 

    काठमाडौं । औषधि व्यवस्था विभागले प्रतिजैविक औषधी (एन्टिबायोटिक) मा अनिवार्य रुपमा रातो धर्को राख्नुपर्ने निर्देशन दिएकोे छ । विभागले सूचना जारी गर्दै अन्तर्राष्ट्रिय प्रचलनअनुसार ‘ख’ वर्गका एन्टिबायोटिकको प्राथमिक र द्वितीय दुवै प्याकिङमा रातो धर्कोले संकेत गर्नुपर्ने निर्देशन दिएको हो । 

    औषधिको प्रयोगकर्ता र गैरस्वास्थ्यकर्मीले समेत सजिलै पहिचान गर्न र यसको अनावश्यक प्रयोगबारे सचेतना बढाउने सो नियम प्रयोगमा ल्याउन लागिएको विभागले जनाएको छ ।

    २०८० भदौ ११ गतेको मितिबाट बढीमा ६ महिनापछि उत्पादन हुने औषधिका लागि यो नियम लागु हुने विभागले जनाएको छ ।


    images
    images

    Logo