images
images

कोशी सरकारविरुद्धको रिटमाथि सुनुवाइ स्थगित 


  • 414
    SHARES
  • २०८० भाद्र १५ गते शुक्रबार

    कोशी सरकारविरुद्धको रिटमाथि सुनुवाइ स्थगित 

    काठमाडौं । कोशी प्रदेश सरकारविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित भएको छ । आज सो रिटको सुनुवाइका लागि न्यायधीशहरु ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त एजलासमा पेशी तोकिएको थियो । 

    तर न्यायाधीश खतिवडाले हेर्न नमानेपछि सुनुवाइ स्थगित भएको हो । प्रारम्भिक सुनुवाइका क्रममा आफूले दृष्टिकोण दिइसकेको भन्दै उनले मुद्दा हेर्न अस्वीकार गरेका हुन् ।

    यही भदौ ७ गते खतिवडाको इजलासले प्रदेश सभा बैठकको अध्यक्षता गरेको व्यक्तिले विश्वासको प्रस्तावमा मत दिनु असंवैधानिक भएको भन्दै दीर्घकालीन र नीतिगत निर्णय नगर्न आदेश दिएको थियो ।

    कोशी प्रदेशमा मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मत असंवैधानिक भएको दाबी गर्दै एमाले कोशी प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यन्त्री हिक्मतकुमार कार्कीले रिट दायर गरेका थिए। उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीध ईश्वरप्रसाद खतिवडाले कारणदेखाउ आदेश जारी गरेका थिए । भदौ ७ गते दिएको अन्तरिम आदेशपछि इजलासबाट भदौ १५ गतेका लागि पेसी तोकिएको थियो ।


    images
    images

    Logo