काठमाडौं । सोमबार नेपाल राष्ट्र बैंकले सोमबार ५ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । ९१ दिन र १ सय ८२ दिन अवधिको उक्त बिलहरु बोलकबोलमार्फत् बिक्री गर्न लागेको हो ।
सो बलिमध्ये ९१ दिन अवधिको १० करोड तथा १ सय ८२ दिन अवधिको ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । पूरानो बिलको अवधि सकिएपछि त्यसको नवीकरणका लागि राष्ट्र बैंकले बिल बिक्री गर्न लागेको हो ।