images
images

भारतले घटायो एलपी ग्यासको मूल्य


  • 413
    SHARES
  • २०८० भाद्र १५ गते शुक्रबार

    भारतले घटायो एलपी ग्यासको मूल्य

    काठमाडौं । भारत सरकारले खाना पकाउने ग्याँस (एलपीजी) को मूल्य घटाएको छ । बुधबार बसेको स‌ंघीय सरकारको मन्त्रिपरिषद्को बैठकले प्रति सिलिण्डर २ सय (भारु) को दरमा ग्यासको मूल्य घटाएको हो । 

    योसँगै भारतमा खाना पकाउने ग्याँस सिलिण्डरको मूल्य ९०३ भारु (१४४४.८ नेरु) कायम भएको छ । सरकारले रक्षाबन्धन पर्वलाई मध्यनजर गरी सो निर्णय गरेको जनाएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनका क्रममा सरकारका तर्फबाट सूचना तथा प्रशारणमन्त्री अनुराग ठाकुरले उक्त जानकारी दिएका हुन् । 

    नेपालमा भने बिहीबार नै ग्यासको मूल्य प्रतिसिलिण्डर २३५ रुपैयाँले बढेको छ । मूल्य बढेपछि नेपालमा ग्याँसको मूल्य प्रति सिलिण्डर १८९५ रुपैयाँ (नेरु) पुगेको छ ।


    images
    images

    Logo