काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सको शेयर सूचीकरण भएको छ । नेपाल स्टक एक्सचेञ्जमा आइतबार सो कम्पनीको शेयर सूचीकरण भएको हो ।
सूचीकरणसँगै सोमबारदेखि सो कम्पनीको शेयर कारोबार हुनेछ । कम्पनीले यसअघि ६४ लाख ५० हजार कित्ता आईपीओ बिक्री गरेको थियो । आईपीओसहित कम्पनीको २ करोड १५ लाख कित्ता शेयर सूचीकृत भएको हो ।
सोमबार कारोबारका लागि कम्पनीले ११५ रुपैयाँदेखि ३४५ रुपैयाँसम्मको ओपन रेञ्ज दिएको छ ।