images
images

बागमती प्रदेशमा ९३ प्रतिशत धान रोपाइँ सम्पन्न


  • 492
    SHARES
  • २०८० भाद्र १४ गते बिहीबार

    बागमती प्रदेशमा ९३ प्रतिशत धान रोपाइँ सम्पन्न

    मकवानपुर । बागमती प्रदेशमा यही भदौसम्ममा ९३ प्रतिशत वर्षे धानको रोपाइँ  सम्पन्न भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सूचना अधिकृत अनुप अधिकारीले प्रदेशको सबै जिल्लामा भदौको पहिलो सातासम्म करिब ९३ प्रतिशत रोपाइँ सम्पन्न भएको जानकारी दिए ।

    काठमाडौँ उपत्यकासहित तीन जिल्लामा शतप्रतिशत वर्षे धानको रोपाइँ किसानले सम्पन्न गरेको उनले बताए ।प्रदेशको १३ वटै जिल्लाको स्थानीय गाउँपालिका र नगरपालिकाको सहयोगमा खेतीयोग्य जमिनको माटोकोे अमिलोपनाको परीक्षण गर्न टोली खटाउने मन्त्रालयले जनाएको छ । 

     यो प्रदेशमा १ लाख १३ हजार ८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ । जसमध्ये १ लाख ५ हजार ९ सय ६४ हेक्टर क्षेत्रफल अर्थात ९३प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । पहाडी जिल्लाहरुमा गाईवस्तुमा लम्पी स्किन रोगको प्रकोपका कारण पनि धान रोपाइँमा ढिलाइ भएको छ । 

     


    images
    images

    Logo