images
images

अध्यक्षमा नैतिक विचलन आएको भन्दै कर्मचारिले गरे कारवाहीको माग


  • 405
    SHARES
  • २०७८ श्रावण १७ गते आइतबार

    अध्यक्षमा नैतिक विचलन आएको भन्दै कर्मचारिले गरे कारवाहीको माग

    काठमाडौँ । धितोपत्र बोर्डको अध्यक्ष भिष्मराज ढुङगानालाई तत्काल निलम्बन गरि कारवाही गर्न कर्मचारी यूनियनले माग गरेको छ ।  नेपाल धितोपत्र बोर्ड कर्मचारी यूनियनले आइतबार बिज्ञप्ति निकाल्दैे बोर्डको अध्यक्षमा नैतिक बिचलन देखिएकोले तत्काल निलम्बन गरि छानविन गर्नुपर्ने माग गरेको हो ।

    श्रावण ११ गते हिमाल खबर पत्रिकामा बुक बिल्डिङ मार्फत धितोपत्र जारी गर्ने क्रममा रहेको संस्थाको सेयर ढुङगानाको निकटको पारिवारीक सदस्यले खरिद गरेको कुरा सार्वजनिक भएको थियो । सो खबर सार्वजकि भएपछि ढुङगाना विवादमा आएका थिए । उक्त विवादमा अर्थ मन्त्रालयले बोर्डलाई स्पस्टिकरण सोधेको थियो । सो बिषयमा मन्त्रालयले सम्बन्धित ब्यक्ति वा पदाधिकारिको ब्यक्तिगत बिषयमा पुरै संस्थालाई पत्र काट्न नहुने यूनियनले उल्लेख गरेको छ ।

    यूनियनले ३८ लाख लगानीकर्ताको लगानी रहेको तथा झण्डै देशको कुल ग्राहस्थ उत्पादन जत्तिको बजार पूँजीकरण रहेको संस्थामा ढुङगाना जस्ता ब्यक्ति हुनाले बोर्डको गरिमा घटाएको भन्दै तत्काल निलम्बन गरि कारवाहि गर्नुपर्ने बिज्ञप्तिमा जनाएको छ । 

    sebon-employee-press release.png


    images
    images

    Logo