images
images

नेपालमा लगानी ल्याउन अध्यक्ष ढकालको आग्रह 


  • 513
    SHARES
  • २०८० भाद्र १२ गते मंगलबार

    नेपालमा लगानी ल्याउन अध्यक्ष ढकालको आग्रह 

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि विदेशी लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । 

    नेपाल उद्योग वाणिज्य महासंघ र हङकङ ट्रेड डेभलपमेन्ट काउन्सिललद्धारा संयुक्त रुपमा आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा लगानी भित्र्याउन र यहाँबाट लाभ लिन समेत विदेशी लगानीकर्ताहरुलाई आग्रह गरेका हुन् ।

    उनले नेपालमा लगानीका अधिक सम्भावना रहेकोतर्फबाट सबै विदेशी लगानीकर्ताहरुको ध्यान आकर्षित गरे । सम्बोधनका क्रममा उनले भने ‘नेपालमा उर्जा, पूर्वाधार, निर्माण क्षेत्र, पर्यटन लगायतका धेरै क्षेत्रमा लगानीका सम्भावनाहरु छन्, यहाँ लगानी गरेर विदेशी लगानीकर्ताहरुले लाभ पनि लिइरहेका छन्, त्यसैले म सबै विदेशी लगानीकर्ता मित्रहरुलाई यसतर्फ आग्रह गर्दछु ।’

    अध्यक्ष ढकालले नेपालमा लगानीका सम्भावनाहरुसँगै लगानीको वातावरण पनि रहेको जानकारी गराए । नेपाल दुई ठूला र समृद्ध राष्ट्रको बीचमा रहेकाले लगानी र बजारको पनि त्यति तै अवसर रहेको उनको भनाई थियो । 

    अध्यक्ष ढकालले नेपालको लुम्बिनी र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेकाले ती विमानस्थलमा चीन र हङकङबाट पर्यटकहरुको आगमनमा पनि उल्लेख्य मात्रामा बृद्धि हुने अपेक्षा गरिएको बताए ।


    images
    images

    Logo