images
images

१७ फर्ममाथि वाणिज्य विभागको अनुगमन, ७ व्यापारीलाई नगद जरिवाना 


  • 972
    SHARES
  • २०८० भाद्र १२ गते मंगलबार

    १७ फर्ममाथि वाणिज्य विभागको अनुगमन, ७ व्यापारीलाई नगद जरिवाना 

    काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षणले सोमबार १७ फर्ममाथि अनुगमन गरेको छ । सोमबार बजार अनुगमनको क्रममा विभागलेखाद्य बस्तु, मिनि मार, कपडा पसल, अन्य पसल र किराना पसललाई कारबाही गरेको हो । 

    जसमा उनीहरुले खरिद बिजविजक नराख्ने, सहयोग गर्नु पर्ने, सहयोग नगर्ने, गुणस्तरमा हेरफेर गनलाई विभागले कारबाही गरेको हो । जसमा ७ वटा पसलेलाई नगद जरिवाना गरिएको छ । 

    विभागले मखनटोलमा रहेको कपडा पसललाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । अन्य ४ पसललाई १०/१० हजार रुपैयाँ जरिवाना गरेको छ । त्यस्तै, विभागले कपनमा रहेको खाद्य बस्तु पसललार्य १० हजार रुपैयाँ जरिवाना गरेको छ भने काठमाडौंमा रहेको एक अन्य पसललाई ५ हजार रुपैयाँ जरिवाना गराएको छ । 

    नियमित अनुगमनका क्रममा विभागले कतिपय किराना पसलबाट नमुना परीक्षणका लागि खाद्यवस्तु संकलन गरेको छ भने कतिपयलाई कागजातसहित विभागमा उपस्थित हुन भनेको छ । कतिपयलाई सामान्य निर्देशन दिएको छ । 

     


    images
    images

    Logo