काठमाडौं । ३ सहसचिव सचिवमा बढुवाका लागि सिफारिसमा परेका छन् । सोमबार बसेको बढुवा समितिको बैठकले ३ जना सहसचिवलाई बढुवाको लागि सिफारिस गरेको हो ।
बैठकले दिनेशकुमार घिमिरे, राधिका अर्याल र चुडामणि पौडेललाई सचिवमा बढुवाका लागि सिफारिस गरेको छ । ३ जनामध्ये घिमिरे वरिष्ठतामा अघि छन् ।
बैठकले गरेको सिफारिसअनुसार तीन जनामध्येबाट मन्त्रिपरिषद बैठकले एक जनालाई सचिव नियुक्त गर्नेछ ।