images
images

सार्कलाई पुनर्जीवन दिनेगरी छलफल हुँदैछ : मन्त्री साउद


  • 515
    SHARES
  • २०८० भाद्र ११ गते सोमबार

    सार्कलाई पुनर्जीवन दिनेगरी छलफल हुँदैछ : मन्त्री साउद

    काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई पुनर्जीवन दिनेगरी छलफल हुन लागेको बताएका छन् ।

    सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री साउदले यस्तो बताएका हुन् । उनले आगामी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्कमा राष्ट्रिय प्रतिनिधि मण्डल जाँदा अनौपचारिक रुपमा परराष्ट्रमन्त्री स्तरको छलफल हुने र सो छलफलले सार्कलाई पुनर्जीवन दिने दाबी गरे ।

    मन्त्री साउदले सार्क राष्ट्रहरुले सहमतिले नै पुरानो महासचिवको पदावधि समाप्त भइसकेपछि नयाँ महासचिव नियुक्त गर्ने हामीले निर्णय भइसकेको बताए ।

    मन्त्री साउदले कुनैपनि राजनीतिक दलले परराष्ट्र नीति फरक फरक गर्नु नहुने बताए । सरकारको माध्यमबाट परराष्ट्र नीति बनेको खण्डमा मात्रै देश मजबुत हुने बताए ।


    images
    images

    Logo