images
images

उद्योग समितिको सभापतिमा अब्दुल खान निर्विरोध


  • 580
    SHARES
  • २०८० भाद्र ११ गते सोमबार

    उद्योग समितिको सभापतिमा अब्दुल खान निर्विरोध

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिका लागि दिएको उम्मेदवारी फिर्ता लिएका छन् । पराजुलीले उम्मेदवारी फिर्ता लिएसँगै जनमत पार्टीका सांसद अब्दुल खान समिति सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । 

    दस संसदीय समिति सभापतिका लागि ११ जनाको उम्मेदवारी परेको थियो । नेकपा (एमाले) का ऋषिकेश पोखरेल र किरणकुमार  साह, नेकपा (माओवादी केन्द्र) का विमला सुवेदी, नेकपा (एकीकृत समाजवादी) का भानुभक्त जोशी, नेपाली कांग्रेसका सन्तोष चालिसे, आरजु राणा देउवा र रामहरि खतिवडा, जनता समाजवादीका राजकिशोर यादव, जनमत पार्टीका अब्दुल खान, राष्ट्रिय प्रजातन्त्र पार्टीका  दीपकबहादुर सिंह र राष्ट्रिय स्वतन्त्र पार्टी (राजस्वपा)का  गणेश पराजुलीको उम्मेदवारी परेको थियो ।

    नौ  समितिमा एक÷एक जनाको उम्मेदवारी परेको थियो भने उद्योग तथा वाणिज्य तथा उपभोक्ताहित समितिमा जनमत पार्टीका खान र रास्वपाका पराजुलीबीच प्रतिस्पर्धा हुने भएको थियो । तर पराजुलीले उम्मेदवारी फिर्ता लिने निर्णय गरेपछि सबै समितिमा निर्विरोध सभापति निर्वाचित हुने भएका हुन् । 

     

     


    images
    images

    Logo