काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षणले आइतबार १८ फर्ममाथि अनुगमन गरेको छ । बुधबार बजार अनुगमनको क्रममा विभागले खरिद बिजविजक नराख्ने किराना पसल, तरकारी, कस्मेटिक, खाद्य बस्तु, किराना पसललाई कारबाही गरेको हो ।
जसमा १३ वटा पसलेलाई नगद जरिवाना गरिएको छ । जसमा काठमाडौंमा रहेको एक किराना पसललाई १ लाख रुपैयाँ जरिवाना गरेको छ भने विभागले ६ जनालाई १०/१० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
विभागले तरकारी पसललाई र अन्य दुई पसललाई २०/२० हजार रुपैयाँ जरिवाना गरेको छ भने लुभु मा रहेको खाद्य पसललाई र बानेश्वरमा रहेको कस्मेटिक पसललाई ५/५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।
नियमित अनुगमनका क्रममा विभागले कतिपय किराना पसलबाट नमुना परीक्षणका लागि खाद्यवस्तु संकलन गरेको छ भने कतिपयलाई कागजातसहित विभागमा उपस्थित हुन भनेको छ ।



