images
images

सार्वजनिक खरिद अनुगमन कार्यालयले सोध्यो १४ कम्पनीलाई स्पष्टीकरण


  • 828
    SHARES
  • २०८० भाद्र ११ गते सोमबार

    सार्वजनिक खरिद अनुगमन कार्यालयले सोध्यो १४ कम्पनीलाई स्पष्टीकरण

    काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ वटा निर्माण कम्पनीलाई लिखित स्पष्टीकरण सोधेको छ । कार्यालयले आज एक सुचना जारी गर्दै विभिन्न १५ वटा कम्पनीलाई कालोसूचीमा राख्न विभिन्न निकायबाट पत्र आएकाले राख्न नपर्ने आधार प्रमाण भए लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो । 

    यसअघि नै ३० दिनभित्रमा लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिँदा पनि स्पष्टीकरण नआएकाले ७ दिनभित्रमा स्पष्टीकरण पेस गर्न कार्यालयले निर्देशन दिएको छ ।

    स्पष्टीकरण सोधिएका कम्पनीहरुमा पर्साको वैष्णवी एन्ड लोकेन्द्र सप्लायर्स, चीनको सफ्बोन वाटर सर्भिसेस आईएनसी, बाँकेको अनामिका कन्स्ट्रक्सन, बझाङको पारस निर्माण सेवा, पर्साको शारदा कन्स्ट्रक्सन कम्पनी, सुर्खेतको रुमानी निर्माण सेवा, कास्कीको त्रिवेणी निर्माण सेवा, काठमाडौंको कार्स्याङ कन्स्ट्रक्सन एन्ड सप्लायर्स रहेका छन् । 

    काठमाडौंको ग्रिनवर्ल्डरजयास कन्स्ट्रक्सन जेभी, कास्कीको एसिन कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कन्सल्टेन्ट, भारतको एमरएस सिपेल, जुम्लाको प्रान्जल निर्माण सेवा, सिन्धुपाल्चोकको गौरती भीमसेन निर्माण सेवा र बाँकेको भावेश कन्स्ट्रन्सन छन् ।

    सार्वजनिक खरिद अनुगमन कार्यालयले यी कम्पनीले ७ दिनभित्रमा चित्त बुझ्ने आधार प्रमाणसहित कालोसूचीमा राख्न नपर्ने गरी लिखित स्पष्टीकरण पेस नगरेमा यी कम्पनीलाई कालोसूचीमा राख्नेछ ।

    Capture.JPG

    Capture 1.JPG


    images
    images

    Logo