images
images

सडकमा निर्माण सामग्री राख्नेलाई काठमाडौं महानगरले तिरायो जरिवाना 


  • 555
    SHARES
  • २०८० भाद्र ११ गते सोमबार

    सडकमा निर्माण सामग्री राख्नेलाई काठमाडौं महानगरले तिरायो जरिवाना 

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा निर्माण सामाग्री राख्‍नेलाई जरिवाना तिराएको छ । महानगर प्रहरीले काठमाडौं महानगरपालिका–९ को रातोपुलमा सडकमै निर्माण सामग्री राखेर अवरुद्ध गरेको भन्दै २५ हजार रुपैयाँ जरिवाना तिराएको हो ।

    स्थानीय रामकुमार थापालाई महानगरपालिकाले प्रशासनिक दण्ड जरिवाना स्वरुप रकम तिराइएको जनाएको छ । यसअघि महानगरपालिकाले सडकमा फोहोर फाल्ने, खुल्ला स्थानमा आगो बाल्नेलगायतमा पनि जरिवाना गर्दै आएको छ ।

     


    images
    images

    Logo