काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको नाफा १ सय ७२ प्रतिशतले बढेको छ । साधनाले आर्थिक वर्ष २०७७/७८ मा १२ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ४ करोड ६६ लाख रुपैयाँ मात्रै थियो ।
२६ करोड ७१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको आशा लघुवित्तले कमाएको यो नाफा प्रतिशेयर ४७.६० रुपैयाँ हो । लघुवित्तले यो वर्ष कुल ऋण प्रवाहको आकार २ अर्ब ३४ करोड रुपैयाँबाट बढाएर ३ अर्ब ८२ करोड रुपैयाँ पुर्याएको छ ।
आशा लघुवित्तको व्याज आम्दानी बढेको र ब्याज खर्च उल्लेख्य घटेका कारण नाफामा यो बढोत्तरी सम्भव भएको हो । लघुवित्तको कस्ट अफ फण्ड १० प्रतिशतबाट घटेर ६ प्रतिशतमा सीमित भएको छ ।