images
images

बुद्ध एयरले आजदेखि पोखरा–नेपालगञ्ज उडान गर्दै, काठमाडाैं ट्रान्जिटको बाध्यता हट्यो


  • 380
    SHARES
  • २०७८ श्रावण १७ गते आइतबार

    बुद्ध एयरले आजदेखि पोखरा–नेपालगञ्ज उडान गर्दै, काठमाडाैं ट्रान्जिटको बाध्यता हट्यो

    काठमाडौं । बुद्ध एयरले आजदेखि पोखरादेखि नेपालगञ्जसम्मको उडान सुरु गर्ने भएको छ । बुद्धले पहिलोपटक क्रस सिटी’ उडानको तयारी थालेको हो । नेपालगञ्ज हुँदै आउने भारतीय पर्यटक तथा नेपाली पर्यटक समेतलाई ध्यानमा राखेर सो सेवा विस्तार गरिएको एयरलाइन्सले जनाएको छ ।  

    यसअघि बुद्धले गत बैशाख १८ गतेदेखि नै पोखरा–नेपालगञ्ज उडान गर्ने योजना बनाएको भएपनि कोरोना भाइरस संक्रमण बढेपछि रोकिएको थियो । त्यस्तै, बुद्धले पोखराबाट विराटनगर र सिमरासम्म पनि बैशाखदेखि नै उडान थाल्ने योजना बनाएको थियो । 


    images
    images

    Logo