काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् आयोजनाको शेयरमा आवेदन दिने समय थपिएको छ । पहिलो चरणमा स्थानीयवासीका लागि शेयर बिक्री गरिरहेको मध्ये भोटेकोशीले यसअघि आइतबारसम्म दिइएको समयमा पर्याप्त आवेदन नपरेको भन्दै आवेदन दिने अवधि साउन मसान्तसम्म थप गरेको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।
अंकित मूल्य १०० रुपैयाँका दमा स्थानीयबासीले उक्त शेयरका लागि ५० देखि ४ सय कित्तासम्मको लागि आवेदन दिन पाउँछन् ।