काठमाडौं । विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेगरी लिलामीमा राखिएको नेशनल माइक्रोफाइनान्सको शेयर नबिलेपछि सर्वसाधारणले पनि आवेदन दिन पाउनेगरी खुलाइएको छ ।
नेशनल माइक्रोफाइनान्सको ६५ हजार ७ सय ६० कित्ता शेयर न्यूनतम १ हजार २२ रुपैयाँमा लिलामीमा चढाइएको थियो । तर, उक्त मूल्यमा शेयर नबिकेपछि सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो ।
सो शेयर खरिदका लागि लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम बिक्रीमा राखिएको सबै कित्ताका लागि आवदन दिन सक्नेछन् । यसका लागि साउन ३१ गतेसम्मको समय दिइएको छ । साउन ३२ गते यसको नतिजा प्रकाशन हुनेछ ।
यो शेयरको बिक्री प्रबन्धकमा आरबीबी क्यापिटल रहेको छ ।