images
images

चाँगुनारायण नगरपालिकाले ‘मेड इन चाँगु’ कार्यक्रम ल्याउने


  • 1.2K
    SHARES
  • २०७८ श्रावण १६ गते शनिबार

    चाँगुनारायण नगरपालिकाले ‘मेड इन चाँगु’ कार्यक्रम ल्याउने

    भक्तपुर । चाँगुनारायण नगरपालिकाको ब्राण्डिङ गर्नका लागि ‘मेड इन चाँगु’ कार्यक्रम ल्याइने भएको छ । शुक्रबार नगरपालिकाको नवौँ परिषदबाट पारित बजेट तथा नीति कार्यक्रम सार्वजनिक गर्दै मेयर सोमप्रसाद मिश्रले उद्यमी निर्माण तथा उत्पादकहरुको बजारिकण तथा चाँगुनारायणको ब्रान्डिङ गर्नकालागि कार्यक्रम ल्याइएको बताए । कार्यक्रममा १ अर्ब ९० करोड ६४ लाख रुपैयाँ सहितको बजेट पुस्तिका सार्वजनिक गरिएको थियो । 

    चाँगुनारायणको बजेटमा पूँजीगततर्फ एक अर्ब २४ करोड दुई लाख ७४ हजार ७ सय ५४ रुपैयाँ अर्थात ६५ दशमलब शून्य पाँच प्रतिशत र चालूतर्फ ६४ करोड ६२ लाख नौ हजार पाँच सय रुपैँया अर्थात ३४ दशमलव शुन्य नौ प्रतिशत विनियोजन गरिएको छ । चाँगुनारायणको बजेट आवश्यकताका आधारमा वैज्ञानिक ढंगले विनियोजन गरिएको नगरपालिकाको ठहर छ ।

    कार्यक्रममा नगरपालिकाका प्रवक्ता परासर सापकोटाले संक्षेपमा बजेट वारे आधिकारिक धारणा राखेका थिए । उपमेयर बिना बास्तोलाले स्वागत गरेको उक्त बजेट पुस्तिका सार्वजनिक कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अग्नी प्रसाद अधिकारी लगायत चाँगुनारायण नगरपालिकाका सदस्यहरुको उपस्थिति रहेको थियो ।  
     
    पत्रकार महासंघलाई २५ लाख

    नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको भवन निर्माणका लागि चाँगुनारायण नगरपालिकाले रु २५ लाख सहयोग गर्ने भएको छ । उक्त रकमको व्यवस्था शुक्रबार नगरपालिकाको नवौँ परिषदबाट पारित बजेट तथा नीति कार्यक्रममा नै रहेको छ ।  


    images
    images

    Logo