images
images

असार मसान्तमा यस्तो देखियो म्युचुअल फण्डको एनएभी, इकाइधनीलाई उच्च प्रतिफलको सम्भावना


  • 873
    SHARES
  • २०७८ श्रावण १६ गते शनिबार

    असार मसान्तमा यस्तो देखियो म्युचुअल फण्डको एनएभी, इकाइधनीलाई उच्च प्रतिफलको सम्भावना

    काठमाडौँ । बजारमा रहेका २५ म्युचुअल फण्डले असार मसान्तको वित्तीय विवरण सार्बजनिक गरेका छन् । प्रत्येक महिना सकिएको १५ दिनभित्र वित्तीय विवरण प्रकाशन गर्नुपर्ने नियमानुसार म्युचुअल फण्डहरुले यस्तो विवरण सार्बजनिक गरेका हुन् । 

    यतिबेला शेयर बजार दिन प्रतिदिन नयाँ रेकर्ड कायम गर्ने अबस्थामा छ । शेयर बजार बढ्दै जाँदा म्युचुअल फण्डहरुको अबस्था पनि निकै बलियो बन्दै गएको देखिन्छ । सामान्यतया पुँजीबजारमा लगानी गर्ने उद्देश्यले आएका फण्डहरुले बजार बढेकै कारण प्रतिइकाइ खुद मुल्य (एनएभी)मा उच्च बृद्धि हासिल गर्न सफल भएका हुन्

    कुन फण्डको अबस्था कस्तो ?

    प्रकाशित विवरणअनुसार असार मसान्तमा म्युचुअल फण्डहरुको एनएभी अंकित मुल्यभन्दा कम देखि दोब्बर भन्दा माथिसम्म रहेको देखिन्छ । एनआईशी एशिया सेलेक्ट ३० इन्डेक्स फण्डको मुल्य सबैभन्दा कम ९.९४ रुपैयाँ रहेको छ भने ग्लोबल आईएमई समुन्नत योजना १ को मुल्य २२.६३ रुपैयाँ रहेको छ । 

    यो बर्ष समग्रमा म्युचुअल फण्डहरुको एनएभी बढेपनि असारमा भने अधिकांश फण्डहरुको मुल्य घटेको देखिएको छ । ( हेर्नुहोस् तालिका)

    म्युचुअल फण्ड

    असार

    जेठ

    एनआईबीएल सहभागिता फण्ड

    17.45

    17.74

    एनआईबीएल प्रगति फण्ड

    18.22

    18.88

    एनआईबीएल समृद्धि फण्ड १

    16

    16.17

    नविल ब्यालेन्स्ड फण्ड

    17.54

    18.17

    नविल इक्विटी फण्ड

    17.98

    18.89

    सनराइज फर्स्ट म्युचुअल फण्ड

    19.21

    19.58

    सनराइज ब्लुचिप फण्ड

    10.06

    10.07

    सिटिजन्स म्युचुअल फण्ड २

    16.18

    16.26

    सिटिजन्स म्युचुअल फण्ड १

    15.31

    15.2

    एन आइ सी एशिया डाइनामिक डेप्ट फण्ड

    11.26

    11.39

    एन आइ सी एशिया सेलेक्ट ३० इण्डेक्स फण्ड

    9.94

     

    एन आइ सी एशिया ब्यालेन्सड फण्ड

    17.3

    17.76

    एन आइ सी एशिया ग्रोथ फण्ड

    18.75

    19.35

    सानिमा लार्ज क्याप फण्ड

    10.55

    10.72

    सानिमा इक्विटी फण्ड

    20.96

    21.49

    सिद्धार्थ इक्विटी फण्ड

    17.35

    17.9

    सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २

    17.74

    18.29

    एनएमबि ५०

    18.96

    19.43

    एनएमबि हाइब्रिड फण्ड एल १

    16.89

    17.05

    लक्ष्मी उन्नती कोष

    14.92

    14.17

    लक्ष्मी इक्विटी फण्ड

    15.81

    16.13

    प्रभु सेलेक्ट फण्ड

    9.94

     

    कुमारी इक्विटी फण्ड

    10.72

    10.76

    ग्लोबल आइएमइ समुन्नत योजना १

    22.63

    23.77

    एनआईबीएल समृद्धि फण्ड २

    10

    10.4

    उच्च प्रतिफलको सम्भावना

    जेठ मसान्तको तुलनामा असार मसान्तको एनएभीमा सामान्य गिरावट देखिए पनि अधिकांश म्युचुअल फण्ड अहिले पनि राम्रो वित्तीय अवस्थामा छन् । वित्तीय अवस्था राम्रो भएकै कारण यो वर्ष म्युचुअल फण्डले इकाइधनीहरुलाई राम्रो प्रतिफल दिनसक्ने सम्भावना रहेको फण्डका व्यवस्थापकको भनाइ छ । 

    त्यसो त अघिल्लो आर्थिक वर्षको लगानीकाट केही फण्डहरुले प्रतिफलको घोषणा गरिसकेका छन् । एनआईबीएल म्युचुअल फण्डको २ वटा म्युचुअल फण्डले यतिबेला आकर्षक प्रतिफल घोषणा गरिसकेको छ । खुलामुखी योजनाको रुपमा आएको एनआईबीएल सहभागिता फण्डले ५० प्रतिशत तथा एनआईबीएल समृद्धि फण्ड–१ ले ३५ प्रतिशत लाभांश घोषणा गरिसकेको छ । 


    images
    images

    Logo