images
images

कोशी प्रदेश सभामा नाटकीय मोड : एउटै सभामा २ सभामुख !


  • 415
    SHARES
  • २०८० भाद्र ४ गते सोमबार

    कोशी प्रदेश सभामा नाटकीय मोड : एउटै सभामा २ सभामुख !

    विराटनगर । कोशी प्रदेशको सभामा नाटकीय मोड देखिएको छ । मुख्यमन्त्री उद्दव थापाले विश्वासको मत लिन बोलाइएको बैठकमा सभामुखको भूमिकामा बसेका जेष्ठ सदस्य इस्राइल मन्सुरीले सभामुखको भूमिका परित्याग गरेर मतदान गर्न गएका हुन् । 

    सुरुमा बैठक सञ्चालन गरेका उनले अर्को सदस्य गीता तिमल्सिनालाई सभामुखको भूमिकामा बस्न आग्रह गर्दै मुख्यमन्त्रीका लागि विश्वासको मत दिन गएका हुन् । त्यसलगत्तै उनले फेरि आएर सभाको अध्यक्षता ग्रहण गरेका थिए । 

    योसँगै उद्दव थापाले ४७ मत प्राप्त गरे र विश्वासको मत प्राप्त गरे । 


    images
    images

    Logo