images
images

नेपालअर्थ डटकमको सम्पादकमा दिवस गुरागाईं नियुक्त


  • 1.6K
    SHARES
  • २०७८ श्रावण १४ गते बिहीबार

    नेपालअर्थ डटकमको सम्पादकमा दिवस गुरागाईं नियुक्त

    काठमाडौं । नेपालअर्थ डटकमको सम्पादकमा दिवस गुरागाईं नियुक्त भएका छन् । मिडिया इनोभेसन प्रा.लि. सञ्चालक समितिको बुधबारको बैठकले गुरागाइँलाई सम्पादकमा नियुक्त गरेको हो । 

    पत्रकारिता क्षेत्रमा करिब २ दशकको अनुभव भएका गुरागाईं यसअघि केन्द्रविन्दु डटकमको सम्पादक थिए । कान्तिपुर पब्लिकेसन अन्तर्गतका मिडियामा करिब ७ वर्षको पत्रकारिता अनुभव भएका उनीसँग देश साप्ताहिकको सम्पादक तथा प्रतिपक्ष साप्ताहिकको कार्यकारी सम्पादक भएको अनुभव छ । 

    सम्पादक गुरागाईंको पत्रकारिता यात्रा भने नयाँ सडक दैनिकबाट सुरु भएको हो । नयाँ सडकपछि उनले स्पेशटाइम दैनिकमा करिब ५ वर्ष काम गरेका थिए ।

    सम्पादक मेनुका कार्कीले यसअघि व्यक्तिगत कारण देखाएर सम्पादक पदबाट राजीनामा दिएकी थिइन् । उनको राजीनामालाई सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ । साथै, यो अवधिमा नेपालअर्थ डटकममा रहेर पुर्याएको योगदानप्रति समितिले धन्यवाद समेत व्यक्त गरेको छ ।


    images
    images

    Logo