images
images

श्रमिकको न्यूनतम पारिश्रमिक बढ्यो, कति पुग्यो ?


  • 703
    SHARES
  • २०८० श्रावण ३२ गते बिहीबार

    श्रमिकको न्यूनतम पारिश्रमिक बढ्यो, कति पुग्यो ?

    काठमाडौं । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आगामी साउन १ गतेबाट लागू हुने गरी श्रमिकको पारिश्रमिक १७ हजार ३ पुर्‍याएको हो । 

    मन्त्रालयले पारिश्रमिक वृद्धि गरेको सूचना बिहीबार राजपत्रमा प्रकाशित गरेको छ । यस अघि श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ रहेको थियो ।

    मन्त्रालयको अनुसार श्रमिकको   दैनिक पारिश्रमिक ६ सय ६८ रुपैयाँ पुगेको छ । यसअघि श्रमिकको दैनिक न्यूनतम पारिश्रमिक ५ सय ७७ रुपैयाँ रहेको थियो ।

    अहिले आधारभूत पारिश्रमिक १० हजार ८२० र महंगी भत्ता ६ हजार ४ सय ८० रुपैयाँ गरी १७ हजार ३ सय पुर्‍याइएको हो । यसअघि आधारभूत पारिश्रमिक ९ हजार ३ सय ८५ र मंहगी भत्ता ५ हजार ६ सय १५ रुपैयाँ रहेको थियो ।

    कति बढ्यो तलब-भत्ता ?


    images
    images

    Logo