काठमाडौं । छोरीको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेको भेटिएपछि नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानासँग अर्थ मन्त्रालयले प्रष्टीकरण सोधेको छ ।
बोर्डको संस्थान समन्वय महाशाखाले ढुंगानालाई ३ दिनभित्र प्रष्टीकरण बुझाउन निर्देशन दिएको हो । नियामक निकायमा बसेर स्वार्थ बाझिनेगरी अनधिकृत रुपमा शेयर लिएको आरोप उनी लाग्दै आएको छ ।
