images
images

भरतपुर महानगरले दियो किसानलाई दूध दुहुने र घाँस काट्ने मेसिन 


  • 910
    SHARES
  • २०७८ श्रावण १४ गते बिहीबार

    भरतपुर महानगरले दियो किसानलाई दूध दुहुने र घाँस काट्ने मेसिन 

    काठमाडौँ । भरतपुर महानगरपालिकाले महानगरभित्रका ३८ पशुपालक कृषकलाई उपकरण हस्तान्तरण गरेको छ । महानगरपालिकामा बुधबार आयोजित एक कार्यक्रममा १७ कृषकलाई दूध दुहुने मेसिन र २१ जनालाई घाँस काट्ने मेसिन हस्तान्तरण गरेकोहो ।

    करबाहेक एक लाख १० हजार रुपैयाँ लागतको दूध दुहुने मेसिन ७५ प्रतिशत अनुदान र ३० हजार रुपैयाँ पर्ने घाँस काट्ने मेसिन (च्याफकटर) ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो । च्याफकटर गत आर्थिक वर्षको कार्यक्रमअन्तर्गत ११ वटा शतप्रतिशत अनुदान र चालु आवको ५० प्रतिशत अनुदानमा १० वटा मेसिन तथा २१ वटा मिल्किङ मेसिन वितरण गरिएको महानगरका पशुसेवा शाखा प्रमुख मेखराज ढकालले बताए ।

    महानगरले किसानलाई धान रोप्ने मेसिन, कृषि कर्ममा प्रयोग हुने ट्र्याक्टर, घाँस काट्ने मेसिनदेखि दूध दुहुने मेसिन पहिल्यै हस्तान्तरण गरिसकेको ढकालले बताए ।


    images
    images

    Logo