images
images

अख्तियारले नियन्त्रणमा लियो दोधारा चाँदनी नगरपालिकाको कागजपत्र 


  • 815
    SHARES
  • २०७८ श्रावण १४ गते बिहीबार

    अख्तियारले नियन्त्रणमा लियो दोधारा चाँदनी नगरपालिकाको कागजपत्र 

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले बुधबार दोधारा चाँदनी नगरपालिकामा निर्माण कार्यसम्बन्धीका कागजपत्र नियन्त्रणमा लिएको छ । सडक निर्माणसम्बन्धीका योजना सम्पन्न नभइकन भुक्तानी भएको उजुरीका आधारमा कागजात अख्तियारले नियन्त्रणमा लिएको हो ।

    आव ०७७/७८ का सडक निर्माण, कालोपत्रेलगायतका चारवटा योजनामा कार्य नगरिकनै भुक्तानी दिइएको उजुरी परेको थियो । त्यसै आधारमा सम्बन्धित योजनाका कागजपत्र नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियार कार्यालयका सूचना अधिकारी हरिशचन्द्र जोशीले बताए ।  योजनामा अनियमियता भए नभएकोबारे अनुसन्धानपछि जानकारी हुने उनले बताए 


    images
    images

    Logo