images
images

सत्ता गठबन्धनको बैठक बस्दै, आजै मन्त्रिपरिषद् विस्तारको तयारी


  • 1.1K
    SHARES
  • २०७८ श्रावण १४ गते बिहीबार

    सत्ता गठबन्धनको बैठक बस्दै,  आजै मन्त्रिपरिषद् विस्तारको तयारी

    काठमाडौं । मन्त्रिपरिषद् विस्तारसम्बन्धी विषय टुंग्याउन सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेका माधव नेपाल पक्षको बैठक बस्न लागेको हो । 

    सो छलफलले सरकारको न्यूनतम साझा कार्यक्रम, मन्त्रालय बाँडफाँटलगायतको विषयमा टुंगो लगाउनेछ । अहिले काँग्रेस र माओवादी केन्द्र सरकारमा गइसकेको छ । राष्ट्रिय जनमोर्चा सरकारमा नजाने निर्णय गरिसकेको छ । 

    आधिकारिकता विवाद टुंगोमा पुगेपछि जनता समाजवादी पार्टी सरकरमा जान तयार भएको छ । सो पार्टीले मन्त्रीको टुंगो लगाउने जिम्मा अध्यक्ष उपेन्द्र यादव तथा वरिष्ठ नेताहरु अशोक राई र बाबुराम भट्टराईलाई दिएको छ । 

    एमालेका माधव नेपाल पक्ष भने सरकारमा जाने नजाने विषयमा अझै टुंगोमा पुगेको छैन । यो अवस्थामा सत्तारुढ गठबन्धनको बैठक बस्न लागेको हो । 

    आजको छलफलमा दलहरुले मन्त्री बन्नेको नाम दिए आजै मन्त्रिपरिषद् विस्तार गर्ने सरकारको तयारी छ । अहिले मन्त्रिमण्डलमा प्रधानमन्त्रीसहित ६ जना मात्रै छन् । अब अधिकतम १९ जना मन्त्रिमण्डलमा सहभागी हुन पाउँछन् । 

    जसपाले मन्त्री बन्ने सांसदहरुको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई दिएको छ ।


    images
    images

    Logo