images
images

सिन्धुलीगढीमा बन्यो युद्ध संग्रहालय 


  • 812
    SHARES
  • २०७८ श्रावण १३ गते बुधबार

    सिन्धुलीगढीमा बन्यो युद्ध संग्रहालय 

    सिन्धुलि । नेपाली सेनाले सिन्धुलीको ऐतिहासिक स्थल सिन्धुलीगढीमा युद्ध संग्रहालय निर्माण सम्पन्न गरेको छ । २०७६ सालमा निर्माण सुरु गरेको संग्रहालयलाई सेनाले सात करोड रुपैयाँ लागतमा सम्पन्न गरेको हो ।

    सङ्ग्रहालयमा अङ्ग्रेज सेनासँगको युद्धका महत्वपूर्ण हातहतियार तथा दस्तावेज सङ्ग्रह गरिएको छ । युद्धकालीन अवस्थाका पात्र, सिन्धुलीगढी युद्धका घटनाक्रम, सैनिकका आँखामा युद्धको परिदृश्य, सिन्धुलीगढी युद्धका वृत्तचित्र, चरणबद्ध युद्धका चित्र, तत्कालीन युद्धमा प्रयोग भएका घरेलु हतियार, युद्धकालीन हातहतियार, अङ्ग्रेजहरुले प्रयोग गरेका तोप, नेपाली योद्धा, बेलायती योद्धा, नेपाली योद्धाका कलाचित्र, मिथिला कला, बेलायतीहरुको नाममा बनाइएका स्तम्भ, युद्धकालीन शिलालेख, ऐतिहासिक दस्तावेज तथा इतिहासका पुस्तकालय राखिएको छ ।

    नेपाल एकीकरणका क्रममा विसं १८२४ असोजमा सिन्धुलीगढीको युद्धमा काठमाडाँै कब्जा गर्न इष्टइन्डिया कम्पनीका कप्तान किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अङ्ग्रेज सेनालाई बंसु गुरुङको नेतृत्वमा गोर्खाली सेनाले हराएको जानकारहरु बताउँछन् ।

    संग्रहालयलाई राष्ट्रपति बिद्या देवि भण्डारिको उपस्थितिमा उद्घाटन गरिएको थियो ।


    images
    images

    Logo