images
images

सांसद पद खोज्दै टोपबहादुर, पदमुक्त भएको ४ महिनापछि सर्वोच्चमा मुद्दा


  • 480
    SHARES
  • २०७८ श्रावण १३ गते बुधबार

    सांसद पद खोज्दै टोपबहादुर, पदमुक्त भएको ४ महिनापछि सर्वोच्चमा मुद्दा

    काठमाडौं ।  माओवादी केन्द्रबाट निर्वाचित टोपबहादुर रायमाझी सांसद पद कायम नै राख्नुपर्ने माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । बुधबार सर्वोच्च अदालत पुगेर रायमाझीले मुद्दाको टुङ्गो नलागेसम्म प्रतिनिधि सभा सदस्यकै रूपमा काम गर्ने अन्तरिम आदेश माग्दै रिट दर्ता गराएका हुन् । 

    नेकपाबाट एमाले र माओवादी केन्द्र अलग अलग भएपछि रायामाझी मन्त्री बन्न एमालेमा गएका थिए । पार्टी त्याग गरेपछि तात्कालिन माओवादी केन्द्रले उनलाई पदमुक्त गर्न संसद सचिवालयलाई पत्र लेखेको थियो । सो पत्रका आधारमा सभामुख अग्निप्रसाद सापकोटाले टोपबहादुर रायमाझीलगायत पूर्व माओवादी नेताहरूको प्रतिनिधि सभा सदस्य पद रिक्त रहेको जानकारी गराएका थिए । त्यस लगत्तै उनीहरूको सांसद पद रिक्त भएको थियो ।

    सांसद पदबाट हटाएको झन्डै ४ महिनापछि रायमाझी सर्वोच्च पुगेका हुन् । रायामाझीले दायर गरेको रिटमा माओवादी केन्द्र, अध्यक्ष पुष्पकमल दाहाल, निर्वाचन आयोग, संसद् सचिवालय, प्रतिनिधि सभाका सभामुख लगायतलाई विपक्षी बनाएर बनाइएको छ । 

    सो मागको पहिलो पेशी बिहीबारका लागि तोकिएको छ । 


    images
    images

    Logo