images
images

जुम्लाका स्थानीय तहको एक अर्ब बजेट फ्रिज


  • 547
    SHARES
  • २०७८ श्रावण १३ गते बुधबार

    जुम्लाका स्थानीय तहको एक अर्ब बजेट फ्रिज

    काठमाडौँ ।  जुम्लाका आठवटै स्थानीय तहको आर्थिक वर्ष २०७७/७८ मा करीब एक अर्ब रुपैयाँ भन्दा बढी बजेट खर्च गर्न नसकेर फ्रिज गरिएको छ । यहाँको विकास निर्माणका लागि विनियोजित बजेट हरेक वर्ष खर्च हुन नसकेर बजेट फ्रिज जाने गरेको छ । 
    आव २०७७/७८ मा जुम्लाका एक नगरपालिकासहित सात गाउँपालिकामा खर्च हुन नसकेर एक अर्ब १३ करोड ५९ लाख २६ हजार रुपैयाँ बजेट फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार आव २०७७/७८ मा पुँजीगततर्फ विनियोजित कूल दुई अर्ब ३१ करोड ३२ लाख ६० हजार रुपैयाँमध्ये गत असार मसान्तसम्म एक अर्ब ४७ करोड ७३ लाख २९ हजार रुपैयाँ अर्थात् ६३ दशमल ८६ प्रतिशत रकम मात्रै खर्च भएको छ । त्यस्तै पुँजीगततर्फको कूल विनियोजित बजेटमध्ये ८३ करोड ५९ लाख ३० हजार रुपैयाँ अर्थात् ३६ प्रतिशत बजेट खर्च हुन नसकेर राज्य कोषमा फिर्ता भएको कोष नियन्त्रक लक्ष्मीदत्त चौलागाईंले बताए । 

    उनले भने “विगतका तुलनामा विकास बजेट धेरै फ्रिज भयो, तर महामारीका बीच पनि बजेट खर्च राम्रै हो, विकास बजेट खर्च हुन नसकेर बजेट फिर्ता हुनु दुखद पक्ष हो, कार्यालयको तथ्याङ्कअनुसार असारमा मात्रै रु ६६ करोड ८६ लाख ५२ हजार ६०० पँूजीगततर्फ खर्च भएको छ । चालूतर्फ विनियोजित पाँच अर्ब ३० करोड ८ लाख ४५ हजार रुपैयाँमध्ये असारसम्म चार अर्ब ७३ करोड ८४ लाख नौ हजार रुपैयाँ अर्थात् ९४ प्रतिशत बजेट खर्च भएको छ । चालूतर्फकै पनि २९ करोड ९९ लाख ९५ हजार रुपैयाँ अर्थात् विनियोजित बजेटको छ प्रतिशत रकम खर्च हुन नसकेर फिर्ता भएको नियन्त्रक चौलागाईंले बताए । 
    चालू तर्फको ६५ करोड ६१ लाख चार हजार रुपैयाँ असारमा मात्रै खर्च भएको छ । स्थानीय तह तथा विषयगत कार्यालयले खर्च गरेको विवरण उपलब्ध नगराएका कारण कुन तहको बजेट कति खर्च हुनसकेन भन्ने विवरण नभएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । 
     


    images
    images

    Logo