images
images

राष्ट्र बैंकको कारवाहीमा परे ३ बाणिज्य बैंक, एउटैलाई १ करोड ३९ लाखसम्म जरिवाना


  • 696
    SHARES
  • २०८० श्रावण २२ गते सोमबार

    राष्ट्र बैंकको कारवाहीमा परे ३ बाणिज्य बैंक, एउटैलाई १ करोड ३९ लाखसम्म जरिवाना

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ वटा बाणिज्य बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंकले नियम पालना नगर्ने २ वटा बेंकलाई नगद जरिवान गरेको छ भने १ वटा बैंकलाई सचत गराएको छ । 

    बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा प्राइम कमर्सियल बैंक, कुमारी बैंक र हिमालयन बैंकलाई कारबाही गरेको हो। प्राइम कमर्सियल बैंकलाई अन्य शीर्षकमा तथा कुमारी बैंक र हिमालयन बैंकलाई कर्जा/निक्षेप अनुपात कायम नगरेकोमा केन्द्रीय बैंकले कारबाही गरेको हो।

    राष्ट्र बैंकले प्राइम कमर्सियल बैंकलाई सचेत गराएको छ भने अन्य दुई बैंकलाई नगद जरिवाना तिराएको छ । जसमा राष्ट्र बैंकबाट क, ख र ग वर्गका इजाजतपत्र प्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०७९ को निर्देशन नं. २ कर्जा नोक्सानीको व्यवस्था कायम नगरेको, क्यापिटल एडुकेसी फ्रेमवर्क, २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको र इ.प्रा.नं.१५/०७९को व्यवस्थाविपरीत प्रिमियम दर बढाई ब्याज असुल गरेकोले राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ (क)बमोजिम बैंकका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले सचेत गराएको छ।

    यसैगरी कुमारी बैंकले २०७९ माघ महिनामा कर्जा/निक्षेप अनुपात कायम नगरेको ५९ लाख ६३ हजार ६ सय ९४ रुपैयाँ जरिवाना गरिएको छ । हिमालयन बैंकलाई पनि २०७९ कात्तिक महिनामा कर्जा/निक्षेप अनुपात कायम नगरेकोमा १ करोड ३९ लाख ४७ हजार २८ रुपैयाँ जरिवाना गरिएको छ।

    Enforcement-Action 2.jpg

    Enforcement-Action- 1.jpg


    images
    images

    Logo