images
images

निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहविरुद्ध भ्रष्टाचार मुद्दा, के छ आरोप ?


  • 959
    SHARES
  • २०७८ श्रावण १२ गते मंगलबार

    निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहविरुद्ध भ्रष्टाचार मुद्दा, के छ आरोप ?

    काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको छ । मध्यपहाडी राजमार्ग अन्तर्गत खोटाङ खण्डमा सडक निर्माण गर्दा अनियमितता गरको आरोपमा महादेव खिम्ति निर्माण सेवाका प्रबन्ध निर्देशक समेत रहेका सिंहमाथि मुद्दा चलाइएको हो । 

    उनीसहित आयोजनाको तात्कालिन योजना प्रमुख विजय चापागाइँ, इन्जिनियरि दिपक कुमार खड्का, सब–इन्जिनियर गजेन्द्रप्रसाद राउत, तात्कालिन लेखा अधिकृत दुर्णप्रसाद फुँयालविरुद्ध समेत मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । 

    उक्त ठेक्कामा योजना कार्यालयबाट एउटै चेनेजमा दुईवटा ठेक्‍काबाट एउटै प्रकृतिको काम ओभरल्याप गरिएको देखिएको छ । योजना कार्यालयले एउटै चेनेजमा दुईवटा ठेक्‍काबाट एउटै प्रकृतिको काम ओभरल्याप गराएर दोहोराे भुक्तानी दिएको र यसबाट ६८ लाख ९३ हजार ७ सय ७८ रुपैयाँ ५० पैसा हिनामिना गरिएको देखिन आएको अख्तियारले जनाएको छ । उनीहरुविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो । 

    आरोपपत्र दायर गर्नेमध्ये लेखा अधिकृत बाहेक अरुलाई ६८ लाख ९३ हजार ७ सय ७८ रुपैयाँ विगो कायम गरिएको छ । तात्कालिन लेखा अधिकृत फुँयालविरुद्ध भने २१ लाख ४९ हजार रुपैयाँ बिगो कायम गरिएको छ । 


    images
    images

    Logo