काठमाण्डौ । बोधिसत्व विहारले नेपाल पत्रकार मञ्चलाई खाद्य सामग्री ‘फूड अफ लभ’ प्रदान गरेको छ । सोमबार सामामुखीस्थित लुनार सेकेण्डरी स्कूलमा आयोजित कार्यक्रममा मञ्चका अध्यक्ष युवराज विद्रोहीलाई विहारका अध्यक्ष हुवाइ गुयाङले ‘फूड अफ लभ’ हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष गुयाङले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ बाट परेको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव न्यूनीकरण गर्न सहयोगी भूमिका खेल्ने पत्रकारहरुका लागि मानवीय सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको बताए । उनले थप्दै भने, ‘म बुद्धको अनुयायी भएकाले पनि विश्वभरि शान्तिको सन्देश प्रवाह गर्ने क्रममा नेपाली समुदायमा अहिलेको बिषम परिस्थितिमा सहायोगी हात मार्फत जोडिन पाउँदा मलाई अत्यन्त खुशी लागेको छ ।’
विहारबाट प्राप्त ‘फूड अफ लभ’ मञ्च आबद्ध पत्रकारलाई वितरण गरिएको छ । मंचले यस अघि स्वास्थ्य सामाग्री लगायतका प्याकेज बितरण गरेको थियो।



