काठमाडौँ । इजरायलले एक हजार नेपाली कामदार बैदेशिक रोजगारको लागि लैजाने भएको छ । मंगलबार बैदेशिक रोजगार बिभागले जारि गरेको सुचनामा केयर गिभरको लागि इजरायलले १ कामदार लैजाने उल्लेख गरेको छ । पहिलो चरणमा ७०० महिला र ३०० जना पुरुषले कामको लागि इजरायल जान पाउने भएका छन् ।
गतबर्ष इजरायल र नेपाल सरकाबिच श्रम सम्झौता भएको थियो । सम्झौता अनुसार पहिलो चरणमा इजरायलले ५ सय जना कामदार लैजाने सहमति भएको थियो ।
सुचना जारि गर्दै बिभागले २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेका, उचाई कम्तीमा १.५ मिटर र तौल कम्तीमा ४५ केजी, कम्तिमा दश कक्षा उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी कम्तीमा १५ महिना अध्ययन वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी केयर गिभिङ्गसम्बन्धी कम्तीमा ३ महिना तालिम गरेको र विगतमा इजरायल नगएको कामदारहरुले आवेदन दिन सक्ने उल्लेख गरेको छ ।
कामदारले इजरायल नेपाल एकतर्फि भाडा १ लाख ४० हजार र बिमाको लागि ५ हजार खर्च आफैँ ब्यबस्था गर्नुपर्नेछ । रोजगारदाता कम्पनिले बस्ने प्रबन्ध मिलाउने भएपनि खानाको प्रबन्ध कामदारलेनै गर्नुपर्नेछ ।
कामदारले दिनको ६ घण्टा काम गरेर मासिक १ लाख ९३ हजार रुपैँया कमाउनेछन् ।



