images
images

राष्ट्र बैंकको निर्देशनले बैंकहरुमा कस्तो असर गर्छ ? बैंकर मनोज ज्ञवालीको विश्लेषण


  • 364
    SHARES
  • २०७८ श्रावण १२ गते मंगलबार

    राष्ट्र बैंकको निर्देशनले बैंकहरुमा कस्तो असर गर्छ ? बैंकर मनोज ज्ञवालीको विश्लेषण

    काठमाडौं । बैंकर मनोज ज्ञवालीले नेपाल राष्ट्र बैंकको निर्देशनका कारण बैंकहरुको वित्तीय विवरणमा पार्नसक्ने प्रभावबारे विश्लेषण गरेका छन् । सामाजिक सञ्जालमार्फत् उनले राष्ट्र बैंकले जारी गरेको ५ वटा निर्देशनका कारण पर्नसक्ने असरको ५ बुँदामा विश्लेषण गरेका हुन् । यस्तो छ उनको विश्लेषण : 

    १. असल बर्गमा बर्गिकरण रहेका कर्जाहरुमा हाल १ प्रतिशत कर्जा नोक्सानी ब्यबस्था कायम गर्नुपर्ने मा अब १.३ प्रतिशत कर्जा नोक्सानी ब्यबस्था कायम गर्नुपर्ने। 

    असरः यसले गर्दा हाल कायम ४१.५ खर्ब रुपैँया मध्ये खराब कर्जा, वाचलिष्टको कर्जा र पुनर्तालिकीकरण गरिएका कर्जा घटाउँदा ३९ खर्ब रुपैँयामा थप ०.३ प्रतिशत नोक्सानी व्यवस्था गर्दा ११.७ अरब रुपैँया थप कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने देखिन्छ। यसले  बैकिङको खुद मुनाफा ७.४ अर्बले घट्ने देखिन्छ। बढी कर्जा रकम रहेका बैकहरुको मुनाफामा आर्थिक वर्षमा २०७७/७८ मा बढी असर पर्ने देखिन्छ।

    २. कोरोना प्रभावित व्यवसायलाई नेपाल राष्ट्र बैंकको निर्दैशन अनुरूप नै थप गरिएको चालुपुँजीको २० प्रतिशत र आवधिक कर्जाको १० प्रतिशत को हकमा निर्धारित समयमा भुक्तानी हुन नसकेमा ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने। भुक्तानी अबधि १ वर्षसम्म थप गर्नसक्ने।

    असर:  यसले गर्दा २५ प्रतिशत वा सो भन्दा बढी कर्जा नोक्सानी व्यबस्था गर्नुपर्ने भएका कर्जाहरु पनि ५ प्रतिशत कर्जा नोक्सानी ब्यबस्था गर्नुपर्ने हुदा मुनाफामा सकारात्मक असर नै पर्ने देखिन्छ। भुक्तानी नियमित भएका कर्जाहरुमा असल कर्जा जस्तै १.३ प्रतिशत गरे पुग्ने देखिन्छ।

    ३. आ.ब.  २०७७/७८ को अन्तरिम वित्तीय प्रतिवेदन प्रकाशत गर्न साउन मसान्तसम्म सम्म समय थप।

    असर :  बैकिङ ले वित्तीय वितरण प्रकाशित गर्न थप समयावधि पाउने हुँदा खराब कर्जा व्यवस्थापनमा सहजता हुने, असुलीमा समायावधि थप प्राप्त हुने।

    ४. २०७८ असार मसान्त भित्रमा असुल हुनुपर्ने ब्याज रकमलाई असुल गर्ने समयावधि भदौ १५ गतेसम्म दिने।

    असर : बैकिङ ले वित्तीय बितरण प्रकाशित गर्न थप समयाबधी पाउने हुंदा खराब कर्जा ब्यबस्थापनमा सहजता हुने र बैकिङको बितरणयोग्य मुनाफामा बृद्दि हुने।

    ५. कर्मचारीको दक्षता अभिवृद्धिको लागी गर्नुपर्ने कूल तलब भत्ता खर्चको ३ प्रतिशत रकम खर्च गर्नुपर्ने व्यवस्था २०७७/७८ को लागी अनिवार्य नहूने।

    असर :  कोरोनाको बेलामा तालिम खर्च हुन मुस्किल हुने अवस्थालाई सहजता प्रदान गर्दा बैकिङको मुनाफामा सकारात्मक असर पर्ने।

    ६. आ.ब. २०७७/७८ को लाभांश वितरण गर्दा खुद बितरणयोग्य मुनाफाको ३० प्रतिशत वा २०७८ असार मसान्तमा कायम निक्षेपको भारित औसतदरको प्रतिशत भन्दा बढी नहुनेगरी वितरण गर्न सकिने। यस्तो वितरण योग्य मुनाफा ५ प्रतिशत भन्दा कम भएमा कर प्रयोजनको लागी बाहेक नगद लाभांश वितरण गर्न नपाउने।

    असर :  बैकिङ को लाभांश नगदको साटो बोनस शेयरको रुपमा निर्णय हुने। गत बर्ष कै व्यवस्था कायम रहेको। बैंकिङको निक्षेपको औषत भारित ब्याजदर ४.७५ प्रतिशत रहेको छ । यसर्थ नगद लाभांश ५ प्रतिशतको हाराहारी मात्रै रहने देखिन्छ।

    लघुवित्त संस्थाहरुले २० प्रतिशत भन्दा बढी लाभांश वितरण गर्दा २० प्रतिशत भन्दा माथिको रकमको ५० प्रतिशत साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था थप गरिएको र पहिलाको २५ प्रतिशत सीएसआरमा राख्नुपर्ने व्यवस्था हटाइएको छ। यसले लाभांश वितरणमा यस आव भन्दा बढी लाभांश दिनसक्ने एमएफआइएसहरुले २० प्रतिशत भन्दा बढी नदिने निर्णय गर्न सक्नेछन्, यसो भएमा पनि एमएफआएस को सञ्चिति नै बढ्नेछ जसले गर्दा आगामी आर्थिक वर्षमा प्रति शेयर आम्दानी वा लाभांश मा सकारात्मक असर पर्नेछ।


    images
    images

    Logo